मुल्य वृद्धिको विरोधमा पिएन क्याम्पस अगाडी प्रर्दशन
पाेखरा | असार ८, २०७९
कास्की : पेट्रोलियम पदार्थ तथा ग्यासको मुल्य वृद्धि गरेसँगै पृथ्वीनारायण क्याम्पस गेट अगाडी अनेरास्ववियुुले विरोध प्रदेशन गरेको छ ।
५० बढि विद्यार्थीको सँख्यामा आज (बुधबार) दाउरा बालेर चिया पकाएर, पेट्रोलको मुल्य अनुसार मोटरसाइकललाई विक्रिमा राखेर र मुखमा टेप लगाएर विरोध गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको सट्टा चरम मुल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।
यसैगरि केन्दिय सदस्य अनुप लामिछानेले राज्यले जनतालाई संकटबाट मुक्त गराउन नचाहेको टिप्पणी गरे । ‘राज्यले अभिभाकत्व लिनुपर्ने समयमा मौन बस्दै जनतालाई पीडामाथि पीडा थपिरहेको छ, उनले भने, ‘यस्तो चरम वृद्धि हामीलाई स्वीकार्य छैन । यो कदम सरासर गलत छ ।त्यसैले निर्णय फिर्ता लिइयोस ।’
प्रर्दशनका क्रममा ‘शेरे चोर यो देश छोड, शेरेको चमत्कार मुल्य वृद्धि र भ्रष्टाचार र अरु हामि जान्दैनौ मुल्य वृद्वि मान्दैनौ’ लगायतका नारा लगाएका थिए ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

